मलेसियामा विजयादशमी लाइभ कन्सर्ट
admin October 2nd, 2008
विजयादशमी लाइभ कन्सर्टको पहिलो कार्यक्रम अक्टोबर १ को दिन क्वालालम्पूरको बुकित किरा दमनसारा र अक्टोबर २ मा जोहोरमा भव्यताको साथ सम्पन्न भएको छ । नेपाल विजनेश सोसाइटी अफ मलेसियाको आयोजनामा सम्पन्न उक्त कन्सर्ट अक्टोबर ५ मा पेनाङमा हुँदैछ ।
मलेसियाकै इतिहासमा पहिलो यतिका ठूलो संख्यामा सम्पन्न भएको कार्यक्रमको रुपमा लिन सकिने लाइभ कन्सर्टको प्रमुख अतिथि नेपाल दुतावासको तर्फबाट भएको थियो भने एनआरएन अध्यक्ष शंकरबहादुर पौडेल प्रायोजक म्ष्न्ष् ऋयुगलष्अबतष्यल का प्रतिनिधिको उपस्थिति रहेकेा थियो । क्वालालम्पूरमा भएको कार्यक्रममा करिब ७ हजार र जोहोरको कार्यक्रममा करिब ५५०० दर्शकको उपस्थित रहेको थियो । क्वालालम्पूरस्थीत कार्यक्रमस्थल केही टाढा भएको र दर्शकलाई ओसार्ने बसले निश्चित समयमा पुर् याउन नसकेको कारण धेरै दर्शकहरु कार्यक्रम हेर्नबाट बिाचत भएका थिए । जोहोरमा हलको क्षमताभन्दा बढि टिकट काटिएको कारण दर्शकहरु बिाचत भए । तर जोहोर एरियाकै सबै भन्दा ठूलो कार्यक्रमस्थल बुक गरिएको कुरा डिजी कम्यूनिकेशनसँग सम्बन्धित नेपाली म्यानेजर सुनिल चालिसेले बताउनु भयो ।
हरिरायाको अवसरमा लामो छुट्टी हुनेको भएको कारण टाढा टाढाबाट कार्यक्रम हेर्न आएका दर्शकलाई कलाकारहरुले भरपूर मनोराजन दिएका थिए । विशेषगरी कोमल ओलीको मनोराजनले भरिपूर्ण साचालन रेखा थापाको नृत्य धिरज राईको हल्ला गायिका राधा राईको कोकिल आवाज र हास्यसमूह सीताराम कट्टेल धुर्मुस् कुाजना घिमिरे सुन्तली र केदार घिमिरे माग्नेबुढाको प्रहसनलाई दर्शकहरुले विशेष मनपराएका थिए ।
सबै कलाकारहरु मलेसियाको कार्यक्रमदेखि सन्तुष्ट रहेको र विदेशमा पहिलोपटक यतिका धेरै संख्याको अगाडि आफ्नो कला प्रस्तुत गर्न पाएको कुरा बताएका छन् ।
मलेसियामा करिब साढे तीनलाखको हाराहारीमा नेपाली रहेको र प्रायःजसो सबै नेपालीले डिजी कम्यूनिकेशनलाई नै प्रयोग गर्ने भएको कारण उक्त डिजी कम्यूनिकेशन नेपालीहरुको हरेक सुखदुःखमा रमाउँदै आइरहेको छ । नेपालीहरुको नयाँवर्ष मनाइदिने चाडवाड मनाइदिने र नेपाली समाचारहरुलाई सम्पे्रषण गर्ने कार्यसमेत गर्दै आएको छ ।
कार्यक्रमबाट उठेको रकम नेपालीहरुको विकासको लागि लगानी गर्ने कुरा आयोजक विजनेश सोसाइटी अफ मलेसियाले जनाएको छ ।
-Debendra Surkeli, Malaysia
- Neighbourhood , Nepali Festivals
- Comments(0)