admin October 2nd, 2008
विजयादशमी लाइभ कन्सर्टको पहिलो कार्यक्रम अक्टोबर १ को दिन क्वालालम्पूरको बुकित किरा दमनसारा र अक्टोबर २ मा जोहोरमा भव्यताको साथ सम्पन्न भएको छ । नेपाल विजनेश सोसाइटी अफ मलेसियाको आयोजनामा सम्पन्न उक्त कन्सर्ट अक्टोबर ५ मा पेनाङमा हुँदैछ ।
मलेसियाकै इतिहासमा पहिलो यतिका ठूलो संख्यामा सम्पन्न भएको कार्यक्रमको रुपमा लिन सकिने लाइभ कन्सर्टको प्रमुख अतिथि नेपाल दुतावासको तर्फबाट भएको थियो भने एनआरएन अध्यक्ष शंकरबहादुर पौडेल प्रायोजक म्ष्न्ष् ऋयुगलष्अबतष्यल का प्रतिनिधिको उपस्थिति रहेकेा थियो । क्वालालम्पूरमा भएको कार्यक्रममा करिब ७ हजार र जोहोरको कार्यक्रममा करिब ५५०० दर्शकको उपस्थित रहेको थियो । क्वालालम्पूरस्थीत कार्यक्रमस्थल केही टाढा भएको र दर्शकलाई ओसार्ने बसले निश्चित समयमा पुर् याउन नसकेको कारण धेरै दर्शकहरु कार्यक्रम हेर्नबाट बिाचत भएका थिए । जोहोरमा हलको क्षमताभन्दा बढि टिकट काटिएको कारण दर्शकहरु बिाचत भए । तर जोहोर एरियाकै सबै भन्दा ठूलो कार्यक्रमस्थल बुक गरिएको कुरा डिजी कम्यूनिकेशनसँग सम्बन्धित नेपाली म्यानेजर सुनिल चालिसेले बताउनु भयो ।
हरिरायाको अवसरमा लामो छुट्टी हुनेको भएको कारण टाढा टाढाबाट कार्यक्रम हेर्न आएका दर्शकलाई कलाकारहरुले भरपूर मनोराजन दिएका थिए । विशेषगरी कोमल ओलीको मनोराजनले भरिपूर्ण साचालन रेखा थापाको नृत्य धिरज राईको हल्ला गायिका राधा राईको कोकिल आवाज र हास्यसमूह सीताराम कट्टेल धुर्मुस् कुाजना घिमिरे सुन्तली र केदार घिमिरे माग्नेबुढाको प्रहसनलाई दर्शकहरुले विशेष मनपराएका थिए ।
सबै कलाकारहरु मलेसियाको कार्यक्रमदेखि सन्तुष्ट रहेको र विदेशमा पहिलोपटक यतिका धेरै संख्याको अगाडि आफ्नो कला प्रस्तुत गर्न पाएको कुरा बताएका छन् ।
मलेसियामा करिब साढे तीनलाखको हाराहारीमा नेपाली रहेको र प्रायःजसो सबै नेपालीले डिजी कम्यूनिकेशनलाई नै प्रयोग गर्ने भएको कारण उक्त डिजी कम्यूनिकेशन नेपालीहरुको हरेक सुखदुःखमा रमाउँदै आइरहेको छ । नेपालीहरुको नयाँवर्ष मनाइदिने चाडवाड मनाइदिने र नेपाली समाचारहरुलाई सम्पे्रषण गर्ने कार्यसमेत गर्दै आएको छ ।
कार्यक्रमबाट उठेको रकम नेपालीहरुको विकासको लागि लगानी गर्ने कुरा आयोजक विजनेश सोसाइटी अफ मलेसियाले जनाएको छ ।
-Debendra Surkeli, Malaysia
admin September 30th, 2008
मिस्टर हंगकंग नेपाल २००८ शारीरिक सुगठन प्रतियोगितामा यस बर्षको उपाधि लोकेन्द्र परियारले जितेका छन । हंगकंग नेपाल बड़ी बिल्डिंग एशोसिएसनको आयोजनामा सेप्टेम्बर २८ तारीख आइतबारका दिन याऊ माँ तेई कम्युनिटी हलमा सम्पन्न प्रतियोगितामा आफ्नो ९ जना प्रतिस्पर्धिलाई पछि पार्दै लोकेन्द्र परियारले मिस्टर हंगकंग नेपाल २००८ को उपाधि जितेका हुन । परियारले बेस्ट पोजको उपाधि समेत जीते । प्रतियोगितामा फस्ट रनर अप मिस्टर हंगकंग नेपाल २००६ शम्भू कुमार तामांग भये भने सेकेण्ड रनर अप मिस्टर हंगकंग नेपाल २००१ दिलीप पोमो भए ।
प्रतियोगितामा मिस्टर हंगकंग नेपाल २००८ को उपाधि बिजेता, फस्ट रनर उप र सेकेण्ड रनर उपले क्रमश: ५ हजार, ३ हजार र २ हजार हंगकंग डलरका साथै ट्र्फी मेडल र प्रमाण पत्र प्राप्त गरे ।
प्रतियोगितामा प्रतियोगिहरू शम्भू कुमार तमांग, देउकाजी गुरुंग, हंग्सराज लिम्बू, कृष्ण आले, मान लिम्बू, लोक गुरुंग, लोकेन्द्र परियार, दिलीप पोमो, कृष्ण घले र एन बी राइ थिए । बिबिध कारणले शिव कुमार पुन, बिस्व थापा र रोहित राइले प्रतियोगिताको तयारीमा रहेता पनि भाग लिन सकेनन ।
प्रतियोगिताको हंगकंग चाइना बड़ी बिल्डिंग एसोसिएसनको तिन सदस्य निर्णायक मंडल रहेको थियो । प्रतियोगिताको पहिलो राउंड पश्चात् टप सिक्समाँ क्रमश: शम्भू तामांग, हंसराज लिम्बू, कृष्ण आले, लोक गुरुंग, लोकेन्द्र परियार र दिलीप पोमो छानिये भने देउकाजी गुरुंग, मान लिम्बू, कृष्ण घले र एन बी राइ प्रतियोगीताबाट बहिरियेका थिए । प्रतियोगिताको तेस्रो चरण टप फोरमा क्रमश : दिलीप पोमो, लोकेन्द्र परियार, लोक गुरुंग र शम्भू तामांग छानियेका थिए भने कृष्ण आले र हंग्सराज लिम्बू प्रतियोगीताबाट बहिरियेका थिए । टप फॉर पश्चात सेकेण्ड रनर अप, फस्ट रनर अप र मिस्टर हंगकंग २००८ को घोषणा गरिएको थियो ।
प्रतियोगिताको औपचारिक कार्यक्रमको अधक्ष Continue Reading »
admin September 6th, 2008
टोक्यो, September 5, 2008
जापानको टोक्योमा गत अगस्त ३१ का दिन जापानमा रहेका नेपाली महिलाहरुको एकमात्र संस्था दिदीबहिनी समाज (दिबस) को उद्घाटन तथा तीज कार्यक्रम सम्पन्न भएको छ ।
दुई चरणमा बिभाजित उक्त कार्यक्रमको प्रथम चरणमा उद्घाटनका साथमा मन्तव्य र शुभकामना कार्यक्रम तथा दोश्रो चरणमा तीज कार्यक्रम रखिएको थियो ।
जापानकालागि नेपाली राजदूतकी धर्मपत्नी श्रीमती नीना लामाले पानसमा बत्ती बालेर उद्घाटन गर्नु भएको कार्यक्रम डा. पुजन बस्नेतको सभापतित्वमा सम्पन्न भएको थियो । उक्त अवसरमा कार्यक्रम संयोजक ओकामोतो यूको मल्लले स्वागत मन्तब्य दिनु भएको थियो भने समाजकी महासचिव सुबर्णलता तुलाधरले संस्थाको बारेमा प्रकाश पार्नु भएको थियो ।

त्यस्तै बिभिन्न संघ संस्थाका प्रतिनिधिहरूले Continue Reading »
admin August 17th, 2008
16 Aug 2008
अनेसास मलेसियाको वार्षिक कार्यक्रमअन्तर्गत प्रतिभा श्रृङ्खला भाग ७ सम्पन्न भएको छ । अनेसासको कार्यलय नेपाल हाउसको सभाकक्षमा सम्पन्न उक्त श्रृङ्खलामा मलेसियामा रहेका साहित्यनुरागीहरु दिलदुखी जन्तरे रुद्र मिश्र श्रीजनश्री देवेन्द्र सुर्केली जीवन देवान गाउँले विक्रम साउदेन पूर्वेली सन्जय राई छुच्चा हरि रानाभाट मनि राई गोठाले वियोगी काइँला इन्द्र जिजिविषा र टंक चन्दले कविता गीत गजल पाठ गरेका थिए ।
सिर्जना बाचन गर्नुको साथै विचविचमा छलफल कार्यक्रमसमेत भएको सो श्रृङ्खलामा सिर्जना लेखिने र सुनाउने तर कहिले पनि चर्चा नगरिने भएकोले गर्दा लेखकीय प्रस्तुति परिस्कृत नभएको कुरा औंल्याइएकेा थियो । मलेसियामा धेरै सिर्जनाहरु प्रस्फुरित भएका छन् तिमध्ये धेरै नै उत्कृष्ट छन् तर उत्कृष्ट सिर्जनाको लेखाजोखा नभएको कारण लेखिने सुनाउनेमा सिमित रहेको छ ।
मलेसियाबाट प्रकाशित हुने पत्रिकाहरुका कार्टुनिष्ट मनि राई गोठालेको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा अनाम मण्डलीका श्रीजनश्री किरात राई यायोख्खाका अध्यक्ष सन्जय राई छुच्चा अनेसास मलेसियाका सल्लाहकार वियोगी काइँला अतिथि रहेका थिए । कार्यक्रम अनेसास मलेसियाका अध्यक्ष टंक चन्दको सभापतित्व र उपाध्यक्ष इन्द्र जिजिविषाद्धारा साचालनमा भएको थियो ।
admin June 9th, 2008
किरात याक्थुङ चुम्लुङ मलेसिया र पाँचथरे सम्पर्क समाजको संयुक्त आयोजनामा हुन लागेको नेपाली कथानक चलचित्र नुमाफुङ -सुन्दर फुल) को प्रदर्शन सम्बन्धी एक अन्तर्क्रिया कार्यक्रम क्वालालम्पूरमा सम्पन्न भएको छ ।
नेपाल तमू समाजका तर्फबाट पूर्व अध्यक्ष बल तमू, अध्यक्ष याम तमू, प्रवासी मगर संघको तर्फबाट अध्यक्ष खुम राना मगर, प्रवासी तामाङ घेदुङका अध्यक्ष अमर लामा, किरात याख्खा छुम्माका कोषाध्यक्ष जीवन देवान गाउँले, किरात राई यायोख्खाका सञ्जय राई छुच्चा, अनेसास मलेसियाका सचिव दिव्य चूरा भाइ, अनाम मण्डलीका अध्यक्ष श्रीजनश्री र इलामेली जनम्पर्क मञ्चका अध्यक्ष बुद्धहाङ लावतीको उपस्थितिमा सो अन्तक्रिया कार्यक्रम सम्पन्न भएको थियो ।
लिम्बु संस्कृतिमा आधारित रहेको चलचित्र नुमाफुङ नेपाली भाषामै रहेको र लिम्बू संस्कृतिका विवाह, मृत्यु र जारीसम्बन्धी रितिथितिहरूलाई सटिक ढंगमा प्रस्तुत गरिएको छ । ओस्कारको लागि समेत नेपालबाट पठाउनुपर्ने कुरा चलचित्र समिक्षक डा. प्रदिप भट्टराईले पहल गरेता पनि ढिलो भएकोले समावेस हुन सकेको थिएन । तथापी विभिन्न देशमा उत्कृष्ठ तथा दर्शक छनौट पुरस्कारबाट यो चलचित्र पुरस्कृत भएको छ ।
एउटा फरक तथा हेर्नैपर्ने चलचित्र भनेर Continue Reading »