Nepalese in Singapore
Official online home of Nepalese community in Singapore
Watch Nepali TV channels and listen to Nepali FMs LIVE and FREE!!
We are back again and in the final stage of maintenance. We will be back with regular updates shortly.
- नेपाल सिङ्गापुर परिवार
If u have any news or information u want to share with us please write to us at: nepalsingapore@gmail.com - नेपाल सिङ्गापुर परिवार

Dashain Party 2065 !!

admin October 3rd, 2008

“Happy Vijaya Dashami 2065!!”

The Nepalese Society invites all Nepalese in Singapore to Dashain Party 2065!!

Date: Thursday, 9th October 2008
Venue: Kantipur Tandoori Restaurant
Level 2, 18 Verdun Road #02-01
Opposite Mustafa Shopping Complex
Nearest MRT: Farrar Park Station, (from the station, walk towards Kitchener Road, turn right at Verdun Road).

Starting 7:00PM till midnight (Dinner Served from 7:30PM)

Price: Adults: SGD 20 each, Students: SGD 15 each, Children: below 10 years of Age (FREE)

Tickets can be purchased at any of the following locations or from  the Volunteers listed below:

Kantipur Tandoori Restaurant
New Everest Kitchen Restaurant,
Himalaya Tandoor, Jalan Besar
Mini Nepal Restaurant

Volunteers:
Ajambar Basnet (H/P 9004 2659)
Amar Chitrakar (H/P: 9228 2265)
Basanta Shrestha (H/P: 9270 2049)
Jagriti Rai (H/P: 9185 1840)
Kishore Pant (H/P: 9456 0501)
Lal B Ale (H/P: 9025 2917)
Roshani Sthapit (H/P 8333 3167)
Suman Kharel (H/P 9687 0723)

HAPPY DASHAIN ONCE AGAIN !!

मलेसियामा विजयादशमी लाइभ कन्सर्ट

admin October 2nd, 2008

विजयादशमी लाइभ कन्सर्टको पहिलो कार्यक्रम अक्टोबर १ को दिन क्वालालम्पूरको बुकित किरा दमनसारा र अक्टोबर २ मा जोहोरमा भव्यताको साथ सम्पन्न भएको छ । नेपाल विजनेश सोसाइटी अफ मलेसियाको आयोजनामा सम्पन्न उक्त कन्सर्ट अक्टोबर ५ मा पेनाङमा हुँदैछ ।

मलेसियाकै इतिहासमा पहिलो यतिका ठूलो संख्यामा सम्पन्न भएको कार्यक्रमको रुपमा लिन सकिने लाइभ कन्सर्टको प्रमुख अतिथि नेपाल दुतावासको तर्फबाट भएको थियो भने एनआरएन अध्यक्ष शंकरबहादुर पौडेल प्रायोजक म्ष्न्ष् ऋयुगलष्अबतष्यल का प्रतिनिधिको उपस्थिति रहेकेा थियो । क्वालालम्पूरमा भएको कार्यक्रममा करिब ७ हजार र जोहोरको कार्यक्रममा करिब ५५०० दर्शकको उपस्थित रहेको थियो । क्वालालम्पूरस्थीत कार्यक्रमस्थल केही टाढा भएको र दर्शकलाई ओसार्ने बसले निश्चित समयमा पुर् याउन नसकेको कारण धेरै दर्शकहरु कार्यक्रम हेर्नबाट बिाचत भएका थिए । जोहोरमा हलको क्षमताभन्दा बढि टिकट काटिएको कारण दर्शकहरु बिाचत भए । तर जोहोर एरियाकै सबै भन्दा ठूलो कार्यक्रमस्थल बुक गरिएको कुरा डिजी कम्यूनिकेशनसँग सम्बन्धित नेपाली म्यानेजर सुनिल चालिसेले बताउनु भयो । 

हरिरायाको अवसरमा लामो छुट्टी हुनेको भएको कारण टाढा टाढाबाट कार्यक्रम हेर्न आएका दर्शकलाई कलाकारहरुले भरपूर मनोराजन दिएका थिए । विशेषगरी कोमल ओलीको मनोराजनले भरिपूर्ण साचालन रेखा थापाको नृत्य धिरज राईको हल्ला गायिका राधा राईको कोकिल आवाज र हास्यसमूह सीताराम कट्टेल धुर्मुस् कुाजना घिमिरे सुन्तली र केदार घिमिरे माग्नेबुढाको प्रहसनलाई दर्शकहरुले विशेष मनपराएका थिए । 

सबै कलाकारहरु मलेसियाको कार्यक्रमदेखि सन्तुष्ट रहेको र विदेशमा पहिलोपटक यतिका धेरै संख्याको अगाडि आफ्नो कला प्रस्तुत गर्न पाएको कुरा बताएका छन् ।

मलेसियामा करिब साढे तीनलाखको हाराहारीमा नेपाली रहेको र प्रायःजसो सबै नेपालीले डिजी कम्यूनिकेशनलाई नै प्रयोग गर्ने भएको कारण उक्त डिजी कम्यूनिकेशन नेपालीहरुको हरेक सुखदुःखमा रमाउँदै आइरहेको छ । नेपालीहरुको नयाँवर्ष मनाइदिने चाडवाड मनाइदिने र नेपाली समाचारहरुलाई सम्पे्रषण गर्ने कार्यसमेत गर्दै आएको छ । 

कार्यक्रमबाट उठेको रकम नेपालीहरुको विकासको लागि लगानी गर्ने कुरा आयोजक विजनेश सोसाइटी अफ मलेसियाले जनाएको छ ।

-Debendra Surkeli, Malaysia

Dashain Day 1: Ghatasthapana

admin September 30th, 2008

Dasain, GhatasthapanaGhatasthapana - September 30, 2008
The first day of Dashain is called Ghatasthapana, which literally means pot establishing. On this day the kalash, (holy water vessel) symbolising goddess Durga often with her image embossed on the side is placed in the prayer room. The kalash is filled with holy water and covered with cowdung on to which seeds are sown. A small rectangular sand block is made and the kalash is put in the centre. The surrounding bed of sand is also seeded with grains. The ghatasthapana ritual is performed at a certain auspicious moment determined by the astrologers. At that particular moment the priest intones a welcome, requesting goddess Durga to bless the vessel with her presence.

The room where the kalash is established Continue Reading »

लोकेन्द्र परियार भए - “मिस्टर हंगकंग नेपाल २००८”

admin September 30th, 2008

मिस्टर हंगकंग नेपाल २००८ शारीरिक सुगठन  प्रतियोगितामा यस बर्षको उपाधि लोकेन्द्र परियारले जितेका छन । हंगकंग नेपाल बड़ी बिल्डिंग एशोसिएसनको आयोजनामा सेप्टेम्बर २८ तारीख आइतबारका दिन याऊ माँ तेई कम्युनिटी हलमा सम्पन्न प्रतियोगितामा आफ्नो  ९ जना प्रतिस्पर्धिलाई पछि पार्दै लोकेन्द्र परियारले मिस्टर हंगकंग नेपाल २००८ को उपाधि जितेका हुन । परियारले बेस्ट पोजको उपाधि समेत जीते । प्रतियोगितामा फस्ट रनर अप मिस्टर हंगकंग नेपाल २००६ शम्भू कुमार तामांग भये भने सेकेण्ड रनर अप मिस्टर हंगकंग नेपाल २००१ दिलीप पोमो भए ।

प्रतियोगितामा मिस्टर हंगकंग नेपाल २००८ को उपाधि बिजेता, फस्ट रनर उप र सेकेण्ड रनर उपले क्रमश: ५ हजार, ३ हजार र २ हजार हंगकंग डलरका साथै ट्र्फी  मेडल र प्रमाण पत्र प्राप्त गरे ।

प्रतियोगितामा प्रतियोगिहरू शम्भू कुमार तमांग, देउकाजी गुरुंग, हंग्सराज लिम्बू, कृष्ण आले, मान लिम्बू, लोक गुरुंग, लोकेन्द्र परियार, दिलीप पोमो, कृष्ण घले र एन बी राइ थिए । बिबिध कारणले शिव कुमार पुन, बिस्व थापा र रोहित राइले प्रतियोगिताको तयारीमा रहेता पनि भाग लिन सकेनन  ।

प्रतियोगिताको हंगकंग  चाइना बड़ी बिल्डिंग एसोसिएसनको तिन सदस्य निर्णायक मंडल रहेको थियो । प्रतियोगिताको पहिलो राउंड पश्चात् टप सिक्समाँ क्रमश: शम्भू तामांग, हंसराज लिम्बू, कृष्ण आले, लोक गुरुंग, लोकेन्द्र परियार र दिलीप पोमो छानिये भने देउकाजी गुरुंग, मान लिम्बू, कृष्ण घले र एन बी राइ  प्रतियोगीताबाट  बहिरियेका थिए ।  प्रतियोगिताको तेस्रो चरण टप फोरमा क्रमश : दिलीप पोमो, लोकेन्द्र परियार, लोक गुरुंग र शम्भू तामांग छानियेका थिए भने कृष्ण आले र हंग्सराज लिम्बू प्रतियोगीताबाट  बहिरियेका थिए । टप फॉर पश्चात सेकेण्ड रनर अप, फस्ट रनर अप र मिस्टर हंगकंग २००८ को घोषणा गरिएको थियो ।

प्रतियोगिताको औपचारिक कार्यक्रमको अधक्ष Continue Reading »

To my forever loved…

admin September 27th, 2008

The Singapore Nightangle Moon LimDarling, You are my inspiration,
In the darkness, I seek for ur hand in desperation,
I dread for our separation,
Its putting me through a major operation.

My body was swirled in the sand,
Feeling the sand beads in my hand,
All love started from friends,
Why does this love got to end…

As the sun begins to dry the vapours,
Rain starts to fill the sea to become deeper,
The soil got washed away, the mountains got steeper,
Nature cycles as our love grew stronger.

I dont have riches that fill the seas,
To buy my beauty as you can see,
I hoped that I had a secret key,
To turn your heart always to facing me.

You wrote your name on the snow,
I am writing mine with my shadow,
I wish that, with you I could follow,
Sliently, secretly so that no one knows.

The Moon is glowing for you tonight,
Soon the path will be shown with light,
The aeroplane will soon be taking flight,
My smile and tears are starting to fight.

I must be brave, I must not fear,
Truth is, my love for you is so very clear,
No matter what others say, I dont need to hear,
Can I enter your heart, will you ever let me come near..?

The music dies slowly in the atmosphere,
Come to me and sit just right here,
Listen to my writing and I will read for your ears,
Will you marry me, I will take care of you through your years…

Till death do us part,
I know the truth will break my heart,
Deep down at my throat, the words shall cut,
Tears just flow down when my eyes open and shut….
Darling, I just love you so much…
I tried so hard to forget our love, But I really cannot do it.
Forgive me… for loving you.

- Caroline Moon Lim Huiying

न्यू योर्कको रात्रि भोजमा प्रधानमंत्री सरिक

admin September 26th, 2008

Prime Minishter Prachanda in New York Dinner

-न्यू योर्क बाट सुरेश चामलिंग

नेपालका प्रधानमंत्री पुष्प कमल दाहाल (प्रचण्ड) र उहाँको श्रीमती सीता दाहालको अमेरिका न्यू योर्कमा भब्य स्वागत गरिएको छ। युनाईटेड नेसन पर्मानेन्ट मिसन अफ नेपालका स्थायी  प्रतिनिधि तथा महामहिम राजदूत मधुरमण आचार्य तथा श्रीमती गीता आचार्यद्वारा आयोजना गरिएको रात्री भोजमा बोल्नु हुँदै प्रधान मंत्रीले भन्नु भयो- तपाई हरुलाइ अचम्म लागेको होला तिन बर्ष अगाडी टाउकोको मूल्य पचास लाख राखेको मान्छे आज अमेरिकामा छू भन्नु हुँदै एक्काईसौं सताब्दी पानीको शताब्दी हुने, संसारमा यदि युद्द हुन्छ भने पानीको लागी हुनेछ। तर हाम्रो नेपालमा प्राकृतिकको वरदान पानी भएकोले हामी धेरै धनी छौं। पहिले पहिले नेपालमा तिन हजार मेगावाटको मात्र बिजुली क्षमता छ भन्ने गरिन्थ्यो तर अहिलेको अनुसन्धानले दुई लाख मेगावाट देखिएको छ। यसले गर्दा हामी बिजुली बेचेर मात्र पनि देश धनी बनाऊंछौं।  तेसैले अहिले बजेटमा यो कुराको Continue Reading »

मिहिनेती मिलन

admin September 6th, 2008

फरक धार, गाह्रो बिधा अनी चुनौती  पूर्ण बिषय अंगालेर चर्चा लोकप्रियता र सफलता हांसिल गर्दै अघी बढीरहेका परीश्रमि युबा निर्देशक मिलन चाम्सको सन्दर्भ थोरै कोट्याउने प्रयास गरिरहेको छु ।

ब्रिटिश सेनाका जागिरे उनी आफ्नो जागीरबाट उब्रिएको थोरै समयलाई सदुपयोग गर्दै सिर्जना गर्छन्, कथा लेख्छन, कन्सेप्ट तयार बनाउछन अनी सुटिङ्को निम्ती लोकेसन र कलाकारको खोजी गर्छन्, अरु लाहुरे  साथीहरु भन्दा बिल्कुल फरक जिबन बाचिरहेका थोरै लाहुरेहरु बिचका सफल युबा सर्जक हुन उनी ।

सानै देखिको कला प्रतिको लगाब र रुचिलाई निरन्तरता दिन थालेको पनि छ सात बर्ष बितिसकेको छ ,यस बिचमा नेपाली सिने क्षेत्रका चर्चित नायक धिरेन शाक्य, सुरबीर पन्डित, गोपाल भुटानि, बिबेक  जङ बस्नेत,  नायिका मेलिना मानन्धर, भिन्तुना जोशी, नम्रता श्रेष्ठ, मुना कार्की जस्ता कलाकारहरु लाई अभिनय गराइ सकेका छन ।   राजेश पायल राई, मौसमी गुरुङ, उदय,मनिला सोताङ देखी उदित नारायण र साधना सरगम जस्ता सांगितिक हस्तीहरुका गीतहरुको म्युजिक भिडियो निर्देशन गर्न भ्याइ सकेका चाम्सले फिल्म सम्बन्धी प्राबिधिक ज्ञान हासिल गर्नको निम्ती पनि समय र आर्थिक लगानी गरिरहेका छन । लन्डनको फिल्म एकेडेमी बाट उच्च शिक्षा को अध्ययन पनि अघी बढाई रहेका छन उनले  । सम्भवत युके का ब्याबस्थित र ब्याबसायिक निर्देशक मध्यका अगुवा भन्दा फरक पर्दैन, हुनत यो क्षेत्रमा अन्य ब्यक्तिहरु नभएका होइनन तर सम्पूर्ण सामाग्री र आवश्यकिय उपकरण सहीत् “चाम्स फिल्म्स प्रोडक्सन”कम्पनी दर्ता गरी सकेकाले कानुनी रुपमा फिल्म बनाउने सम्बन्धि बैधानिक ब्यवसायको प्रमाण पत्र प्राप्त उनलाई निर्धक्क रुपमा ब्यवसाय अघी बढाउने बाटो खुल्ला छ ।  

चाम्स फिल्म्सको पहिलो प्रस्तुती मा भर्खरै मात्र  नेपाली कथानक चलचित्र “पश्चाताप” को निर्देशन गरिसकेका मिलन चाम्सले केही समय अघी मात्रै पहिलो पल्ट युके बाट आफ्नो पहिलो फिल्मको प्रिमियर गरेका छन ।

महँगो क्यामेरा लगायत लाखौं रुपैया खर्च गरेर उपकरण   लगायत अन्य आवस्यकिय सामाग्री जोडीसकेका छन । नेपाली चलचित्रको बिकासको निम्ती नयाँ सोंच, नयाँ प्रबिधी र अर्काको नक्कल नगरि मौलिकतालाई प्राथमिकता दिनु पर्नेमा जोड दिदै नेपालको मनोरम सुन्दरता र बिबिध सास्कृतिक बिषय बस्तुहरु समेट्न सके विश्वलाई नै नेपाली सिनेमाको बजार बनाउन सकिने तर्क अघी सार्छन । युकेमा दक्ष कलाकार, प्राबिधिक र जनशक्तिको अभाबका कारण सोचे जस्तो परीणाम हासिल गर्न धेरै गाह्रो हुने दुखेसो छ उनको । “अवस्य एकदिन यहाँ पनि नेपाली कलाकारहरु ब्याबसायिक रुपमै कलालाई  ब्यवसाय बनाएर ढुक्क संग बाँच्न सक्ने दिन आउने छ”, उनी आशाबदी छन ।

फुर्सद भन्ने एक छिन हुँदैन,समय अभाबका कारण खाना बेलामा खान नभियाएका कारण केही बर्ष अघी एपेन्डिक्स को अपरेसन गर्नु परेको घट्ना ताजै  रहेको भुल्दैनन र पनि समय नमिलेर काम कै कारण धेरै जसो समय भोकै काम गर्नु पर्ने धेरै  अनुभब भएकाले भोकलाई प्राथमिकता नदिने  ठट्टा गर्छन् । “आफ्नो भाषा , कला , संगीत र समग्र देशको निम्ती म आफ्नो बिबेक र शक्तिले भ्याए सम्म सदा मेहेनतका  साथ डटेर काम गरिरहनेछु”, उनी अठोटका साथ बाचा  गर्छन्, उनको लगाब र मिहिनेतलाई हेर्दा उनले गरेको बाचा पुरा गर्ने कुरामा संका छैन; अहिलेको परीप्रेक्षमा नयाँ उमँग, शिप र जांगरका साथ अघी बढीरहेका चर्चित सफल युबा निर्देशक मिलन चाम्सलाई  अझ सफलता र प्रगतिको कामना  सहीत् सलाम !!!  

जापानमा तीज तथा दिबसको उद्घाटन समारोह सम्पन्न

admin September 6th, 2008

Teej celebration in Tokyo 

टोक्यो, September 5, 2008

जापानको टोक्योमा गत अगस्त ३१ का दिन जापानमा रहेका नेपाली महिलाहरुको एकमात्र संस्था दिदीबहिनी समाज (दिबस) को उद्घाटन तथा तीज कार्यक्रम सम्पन्न भएको छ ।

दुई चरणमा बिभाजित उक्त कार्यक्रमको प्रथम चरणमा उद्घाटनका साथमा मन्तव्य र शुभकामना कार्यक्रम तथा दोश्रो चरणमा तीज कार्यक्रम रखिएको थियो  ।

जापानकालागि नेपाली राजदूतकी धर्मपत्नी श्रीमती नीना लामाले पानसमा बत्ती बालेर उद्घाटन गर्नु भएको कार्यक्रम डा. पुजन बस्नेतको सभापतित्वमा सम्पन्न भएको थियो ।  उक्त अवसरमा  कार्यक्रम संयोजक ओकामोतो  यूको मल्लले स्वागत मन्तब्य दिनु भएको थियो भने समाजकी महासचिव सुबर्णलता तुलाधरले संस्थाको बारेमा प्रकाश पार्नु भएको थियो ।

Teej Celebration in Tokyo, Japan

त्यस्तै बिभिन्न संघ संस्थाका प्रतिनिधिहरूले Continue Reading »

अनेसास मलेसियाको प्रतिभा श्रृङ्खला -७ सम्पन्न

admin August 17th, 2008

16 Aug 2008

अनेसास मलेसियाको वार्षिक कार्यक्रमअन्तर्गत प्रतिभा श्रृङ्खला भाग ७ सम्पन्न भएको छ । अनेसासको कार्यलय नेपाल हाउसको सभाकक्षमा सम्पन्न उक्त श्रृङ्खलामा मलेसियामा रहेका साहित्यनुरागीहरु दिलदुखी जन्तरे रुद्र मिश्र श्रीजनश्री देवेन्द्र सुर्केली जीवन देवान गाउँले विक्रम साउदेन पूर्वेली सन्जय राई छुच्चा हरि रानाभाट मनि राई गोठाले वियोगी काइँला इन्द्र जिजिविषा र टंक चन्दले कविता गीत गजल पाठ गरेका थिए ।

सिर्जना बाचन गर्नुको साथै विचविचमा छलफल कार्यक्रमसमेत भएको सो श्रृङ्खलामा सिर्जना लेखिने र सुनाउने तर कहिले पनि चर्चा नगरिने भएकोले गर्दा लेखकीय प्रस्तुति परिस्कृत नभएको कुरा औंल्याइएकेा थियो । मलेसियामा धेरै सिर्जनाहरु प्रस्फुरित भएका छन् तिमध्ये धेरै नै उत्कृष्ट छन् तर उत्कृष्ट सिर्जनाको लेखाजोखा नभएको कारण लेखिने सुनाउनेमा सिमित रहेको छ ।

मलेसियाबाट प्रकाशित हुने पत्रिकाहरुका कार्टुनिष्ट मनि राई गोठालेको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा अनाम मण्डलीका श्रीजनश्री किरात राई यायोख्खाका अध्यक्ष सन्जय राई छुच्चा अनेसास मलेसियाका सल्लाहकार वियोगी काइँला अतिथि रहेका थिए । कार्यक्रम अनेसास मलेसियाका अध्यक्ष टंक चन्दको सभापतित्व र उपाध्यक्ष इन्द्र जिजिविषाद्धारा साचालनमा भएको थियो ।

Janai Purnima & Gai Jatra

admin August 16th, 2008

Janai Purnima & Gai JatraJanai Purnima
August 16, 2008 - Janai Purnima
Janai purnima, the full moon day in August every year, the day that our priests tie the sacred rakshya around our wrist is known as Sacred Thread Festival. On this day Hindu men, especially the Brahmans and Chettris perform their annual change of Janai. According to Hindu rules the cord must be changed without fail by a Brahman on this day.

On Janai Purnima, there is a big mela (religious fair) at Kumbeshwor lake in Lalitpur. Devotees come here to worship Lord Mahadev and to tie a knot around their wrists.

A legend in Nepal says that long ago a devotee, while bathing in Goshaikund lake, dropped his brass in water. Sometime later, it miraculously appeared in Kumbeshwar Pond in Patan. People believe that the vessel made its way from the mountain lake through some underground river into Kumbeshwar Pond, a belief given further support by the fact that the water of the Patan Pond remains abnormally cold throughout the year. On Janai Purnima day thousands of devotees, unable to make the long mountain trek to Gosaikund, are content to bathe at Kumbeshwar.

This ospicious day is also know as Raksha Bandhan as Raksha (eternal protection) is tied round the wrist, the same which bound the arm of the mighty Bali, King of the Danavas.

Gai JatraAugust 17, 2008- Gai Jatra
The festival of “Gai Jatra”, the procession of cows, is celebrated in the Nepali month of Bhadra (August-September) on the next day of Janai Purnima. This festival of cows is one of the most popular festivals of Kathmandu valley.

According to the traditions, every family who has lost a relative during that past year participates in a procession through the streets leading a cow. If a cow is unavailable, a young boy dressed as a cow is substituted. Continue Reading »

Next »

 
You are visitor no. of this site since July 28, 2007